Websoft University

प्रदेश १ मा ६ संक्रमित थपिए, ३३ डिस्चार्ज


विराटनगर, २९ असार । रातो तारा डट कम, प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरंग र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरंगको कटहरी र सुनसरीको रामधुनीका  १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिम आएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ । 

प्रदेश १ मा आज ३३ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत ३३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

डिस्चार्ज हुनेमा झापाका २०, मोरंगका ५, संखुवासभाका ३, सुनसरी र खोटाङका २–२ र ताप्लेजुङका १ पुरुष डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.