Websoft University

अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जना पक्राउ


मोरङ, श्रावण ६ गते । रातो तारा डट कम,क्लिनिकबाट अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई पक्राउ गरिएको छ । मोरङको बेलवारी नगरपालिका-६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनी रहेका बेलवारी-५ का २३ बर्षीय शिबजी चौधरी तथा धरान-१७ का २१ बर्षीय किसनलाल थारुलाई पक्राउ गरिएको हो । टेक्निकल क्लिनिकबाट Tramadol Capsule Ip 50 Mg को १३,६०० क्याप्सुल, Decolic २००० क्याप्सुल, Spasmo २८० क्याप्सुल, Antikof ७५० क्याप्सुल, Asidol १००० क्याप्सुल, Pregasoft -९६० क्याप्सुल, Spaspain ४००० क्याप्सुल, Pregalin २०० क्याप्सुल, Surgidol १८० क्याप्सुल, Koftab २३० क्याप्सुल साथै औषधी किन्ने शिबजी चौधरीको साथबाट Spaspain ४० क्याप्सुल तथा किसनलाल थारुको साथबाट  Pregasoft -१० क्यापसुल र Kotaf औषधी १० क्याप्सुल बरामद गरिएको हो । अबैध औषधी सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.