Websoft University

३ दिन सम्म भारी वर्षा हुने



काठमाण्डौ असार २८ गते । रातो तारा डट कम,केही दिनयता देशभर भइरहेको वर्षा अझै तीन दिनसम्म जारी रहने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार दक्षिणी क्षेत्रतर्फ नेपाल नजिकै रहेको मनसुनको न्यून चापीय रेखा केही तल सर्ने र वर्षाको मात्रा थोरै कम हुने सम्भवना देखिएको छ ।

 न्यून चापीय रेखा भोलि केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहनेछ । प्रधानांगका अनुसार रेखा तलमाथि सरिरहन्छ, त्यही भएर भोलि तल सरेपछि तलको तलै जाने हुँदैन, फेरि माथि (नेपालनजिक) आउन पनि सक्छ र वर्षा पुनः बढ्न सक्छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पनि देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । 

प्रदेश १, २ र बागमतीका थोरै स्थान साथै गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा भने मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रधानांगले जानकारी दिनुभयो । 

मनसुनका बेला ५० मिलिमिटर भन्दा माथिको वर्षालाई भारी मानिन्छ । बितेको २० घण्टामा उपत्यकामा ९.३ मिलिमिटर वर्षा भएको छ । बितेको २४ घण्टामा प्रदेश १, २, गण्डकी तथा बागमती प्रदेशका पनि एक–दुई स्थानमा भारी वर्षा भएको मौसमविद् प्रधानांगले सिआइएनलाई जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.