Websoft University

अवैध सामान बरामद



बिराटनगर साउन १३ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका ३ स्थित कंचनबारी चोकमा ऋच्ख् भट्टा चोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को.३१ प १५७ न.को मो।सा।मा भारतिय मधू (गुड्का)  ठुलो प्याकेट ७० पिस रु. ११००० बराबर र जिल्ला मोरङ बेलबारी नगरपालिका १ बस्ने बर्ष ४० को बशन्त कुमार रौनिहार समेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएकोछ ।

मोरङ जहदा गाउपालिका भुटाहा चौकमा ईप्रका बुधनगरबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा भारत बाट अबैध रुपमा भंसार छली  लुकाई छिपाई ल्याइ रहेको युरिया मल  ८ (आठ) बोरा, माछाको सिद्रा २ बोरा  ४० के।जी। र को।२९ प ४७८२ न।को पल्सर मो।सा। थान १ एक सहित बरामद गरी आवश्यक कारवाहीको  लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ।

 मोरङ रतुवामाई नपा -४ पैयामारी स्थित कुटुम्गंज आमबारी सडक खण्डमा भारत बाट नेपाल तर्फ अबैध रूपमा मानिसले साईकलमा ल्याउँदै गरेको  ५ बोरा युरीया मल (अं.४५०० बराबर पर्ने) पक्राउ गरेको छ। झुर्किया बाट खटिएको प्रहरीको गस्ती  टोलीलाई देख्ना साथ उल्लेखित सामानहरु बाटोमा नै छाडी सईकल लिई मानिस भागी फरार भएकोले खोजतलास कार्य भईरहेको,उक्त सामान सुरक्षित साथ बरामद गरी इप्रका सिजुवामा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको छ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.