Websoft University

प्रदेश १ बाट ३८ डिस्चार्ज


बिराटनगर, ३० असार । रातो तारा डट कम, प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज भएकामा मोरङका १६, उदयपुरका १३, सुनसरीका २, झापाका ५, इलाम र पाँचथरका १–१ जना रहेको छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४२ पुगेको छ ।

प्रदेश १ मा आज ६ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटामा ३, झापा, सुनसरी र ते¥हथुममा १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुकुटाको छथर जोरपाटीमा २ पुरुष, शहिदभूमीमा १ पुरुष, झापाको शिवसताक्षीमा एक महिला, सुनसरीको भोक्राहामा एक पुरुष र ते¥हथुमको म्याङलुङमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.