Websoft University

स्थगित परीक्षा भदौ अन्तिम साता सुरु हुने


काठमाण्डौ साउन १३ गते । रातो तारा डट कम,पोखरा विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयले एक सूचना जारी गर्दै जनाएको हो । सूचनामा लामो दुरीका गाडी भदौदेखि मात्रै खुल्ने र विद्यार्थी देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने जनाइएको छ । सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने छ । सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.