Websoft University

बिधालयलेनै कक्षा ११ परिक्षा लिने



काठमाण्डौ साउन १० गते । रातो तारा डट कम,राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । 

यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय भएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएका छन । कक्षा ११ को परीक्षा सञ्चालन र मूल्यांकनको जिम्मा विद्यालयलाई दिएको बताएका हुन  । 

यसअघि कक्षा ११ को लिखित परीक्षा बोर्ड र प्रयोगात्मक परीक्षा विद्यालयले सञ्चालन गरेर बोर्डले प्रमाणपत्र जारी गर्दै आएको थियो । कक्षा ११ मा भर्ना भएर ७० प्रतिशत हाजिरी भएका विद्यार्थी विद्यालयले सञ्चालन गर्ने परीक्षामा सहभागी हुन पाउनेछन् । उनीहरूको रजिस्ट्रेसन भने बोर्डमा भराउनुपर्नेछ । 

विद्यार्थीको नतिजा भने अनिवार्य रूपमा बोर्डमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । कक्षा ११ का सबै विषयमा सैद्धान्तिक तर्फ न्यूनतम ‘डी प्लस’ र प्रयोगात्मकतर्फ न्यूनतम ‘सी ग्रेड’ प्राप्त गरेका विद्यार्थीले मात्र कक्षा १२ को परीक्षा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस वर्ष कक्षा ११ मा पाँच लाख २४ हजार परीक्षार्थी छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.