Websoft University

मन्त्री घिमिरेद्धारा स्थानीयवासीको घरदैलो गर्दै योजनाहरुको अनुगमन


विराटनगर, २१  असार । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुको आज अनुगमन गर्नु भएको छ । उहाँले योजनाको अनुगमन गर्दै जनताका समस्याबारे घरदैलोमा पुगी जानकारी समेत लिनु भएको छ । 

उहाँले आज निर्माण सम्पन्न भएका र निर्माणाधिन एक दर्जन बढी योजनाहरुको अनुगमन गर्नु भएको थियो । मोरंग निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित वजेटबाट निर्माणाधिन र सम्पन्न भएका योजनाको अनुगमन गरिएको हो ।

 क्षेत्र नं. ४ (ख) अन्र्तगत विराटनगरमा ८ का योजनाहरु आरके चिल्ड्रेन अगाडिको सडकका लागि ५२ लाख, जयनेपाल मार्ग कालिका मार्गका लागि २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनाका लागि १ करोड, समाता मार्गका लागि २० लाख, निर्मल जल मार्गका लागि १० लाख, छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीका लागि १० लाख,  बलुवाही सामुदायिक भवनका लागि १० लाख, ज्ञानकुन्ज स्कुल बलुवाहीको शौचालय निर्माणका लागि ५ लाख, अमर सेवा समितिको सामुदायिक भवन निर्माणका लागि ४० लाख, महेन्द्र माविको खानेपानी निर्माणका लागि ५ लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकका लागि १० लाख, बालगोपाल टोल मिलन मार्गका लागि १० लाख र विराटेश्वर बृद्धाश्रमका लागि ४ लाख रुपैयाँ विनियोजन भएको छ ।

मन्त्री घिमिरेले विराटनगर ८ का योजनका साथै स्थानीय बासीन्दाहरुसँग पनि योजनका बारेमा छलफल गर्नु भएको 
छ । योजनाहरु निर्माण शुरु भएपछि विराटनगर ८ का स्थानीयबासीहरु खुशी भएका छन् । उनीहरुले मन्त्री घिमिरेलाई विराटनगर ८ का समस्याहरु बारेपनि जानकारी गराएका थिए । मन्त्री घिमिरेले विराटनगर ८ मा जनता आवास कार्यक्रम अन्र्तगत निर्माण भईरहेको सुशील सहनीको घरको पनि अनुगमन गर्नु भएको उहाँको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.