Websoft University

आज थपिएका ३८० सहित नेपालमा सङ्क्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेकोछ


काठमाण्डौ असार २ गते । रातो तारा डट कम,नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका आज थपिएका ३८०, सहित नेपालमा सङ्क्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।  सङ्क्रमित हुनेमा झापाका १ जना, पाँचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, रौटहटका ३८ जना, महोत्तरीका १७ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपरासी पूर्वका ३ जना रहेका छन् । 

यस्तै बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङ्जाका ४ जना, अछामका १ जना, बैतडीका २१ जना छन् । यस्तै डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १ जना, बर्दियाका ९ जना, सप्तरीका ३ जना, अर्घाखाँचीका ९ जना, रुपन्देहीका १ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, धनुषाका २१ जना सङ्क्रमित भएका छन् ।

 रामेछापका १ जना, सल्यानका १ जना, दाङका ५६ जना, काठमाडौैका १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौटहटका १४ जना, रोल्पाका १ जना, रुपन्देहीका ३ जना र सर्लाहीका १६ जना रहेका छन् ।  आज थप ११७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । 

यीमध्ये ८ जना महिला हुन् भने १ सय ९ जना पुरुष छन् । योसहित नेपालमा हालसम्म १ हजार १ सय ५८ जना उपचारपछि निको भएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.