Websoft University

प्रदेश १ बाट २३ जना डिस्चार्ज


विराटनगर ८ असार । रातो तारा डट कम, प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् ।  कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

आज डिस्चार्ज भएकामा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरंगका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र ते¥हथुमका १ जना रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । आज सम्म २ सय ५८ जना डिस्चार्ज भएका छन् ।१ सय ९० जना उपचाररत रहेका छन् ।

 कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा ५ जनाको उपचार भईरहेको छ । आज संक्रमण देखिएकाको व्यवस्थापनको काम भईरहेको मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.