Websoft University

नीजी विध्यालयहरुले विध्यार्थीहरुले लकडाउन अवधिको शुल्क वुझाउन ताकेता गर्न थाले


श्याम राई-गाईघाट ८ असार । रातो तारा डट कम,नीजी विध्यालयहरु ले विध्यार्थीहरु वाट लकडाउन अवधि को शुल्क वुझाउन ताकेता गर्न थालेकाछन।

ति विध्यालयहरु वाट फोन मार्फत विध्यार्थीहरु को अभिभावक लाई विध्यार्थी भर्ना शुल्क सहित लकडाउन अवधिकै शुल्क तिर्न आउन पटक, पटक ताकेता आउन थालेको अभिभाबकहरु वताउछन । “मलाइ तिन चार दिन देखी छोरा पढ्ने विध्यालय बाट भर्ना शुल्क सहित बाकि रकम तिर्न पटक,पटक फोनमार्फत खबर आएको छ ।

”एक अभिभाबक ले नाम उल्लेख नगरीदिने शर्तमा भने । तर मैले विध्यालय संचालनमा नरहेकोले अहिले सम्म कुनै शुल्क तिरेको छैन उनले भने । लकडाउन को कारण विध्यालय बन्द हुदा आर्थिक समस्या परेको र सरकार बाट कुनै आर्थिक व्यबस्थापनमा कुनै सहयोग नभएको ले गर्दा आफुहरुले वाध्य भएर अभिभाबक संग शुल्क तिर्न अनुरोध गरेको त्रियुगा नगरपालीका ४ बगाहा स्थीत क्रिमसन वोर्डिङग स्कुलका पा्रेपाइटर सुमन चौधरी ले बताए ।

“लकडाउन  को कारण विध्यालय बन्द हुदा शिक्षक र कर्मचारी लाई तलब खुवाउन सकेका छैनौ ”उनले भने । विध्यालय संचालन को लागी एक मात्र आर्थिक सा्रेत विध्यार्र्थी बाट लिईने शुल्क हो । तर हामीले लकडाउन देखी शुल्क उठाउन पाएका छैनौ ”उनले भने । त्येसैले अहिले हामीलाई ठुलो आर्थिक संकट परेको छ ।

विध्यालय बन्द ले आम्दानी शुुन्य हुदा शिक्षक , कर्मचारी लाई तलब खुवाउन नसकीएको र त्यसको प्रत्यक्ष असर विध्यालय संग आश्रीत तिनका परिवार लाई जीवनयापनमा कठिनाई भएको गाइघाट स्थीत लालीगुरास वोर्डिङ स्कुलकी फाउण्डर मिथिला राईले भनीन । अब अझ अरु केहि महिना विध्यालय संचालनमा  न्आउने हो भने विध्यालय ले ठुलो आर्थिक नोक्सानी व्यहोर्नु पर्ने उनले बताइन ।

उनले वैकंको ऋण तिर्न र कर्मचारी , शिक्षक लाइ तलब खुवाउन नसकेको वताईन । “विध्यालय मा  आम्दानी छैन” कर्मचारी र शिक्षक लाई कसरी तलब दिनु, आम्दानी को एक मात्र सा्रेत विध्यार्थि बाट उठ्ने शुल्क पुरै ठप्प छ ।”उनले भनीन । अहिले विध्यालय चलाईरहन बाध्य भएर अभिभाबक संग शुल्क माग्नु परेको छ । “यस्तो कठिन परिस्थीतीमा सरकारले कुनै सहयोग गरेको छैन” । अभिभाबक संग शुल्क माग्नु को कुनै विकल्प छैन उनले भनीन ।

उदयपुरमा झन्डै ८० वटा संचालनमा रहेको नीजी बिध्यालयमा ३ हजार ५ सय शिक्षक  रहेको प्याब्सन उदयपुरका अधक्ष्य प्रकाश वस्नेत ले बताए । “हामीले सरकार ले शैक्षिक सस्थाहरुको माग र अपरिहार्य राहात बजेटमा सम्वोधन गर्ला भन्ने लागेको थियो” ।

“तर हामो्र माग सुनुवाई भएन” । उनले भने । यसले देशभरी कै नीजी बिध्यालय लाई समस्या भएको छ । अब विध्यालय संचालनमा आउन सकेन र अभिभाबक ले शुल्क तिर्न सहयोग गरिदिएन भने  विध्यालय वन्द गर्नु को अरु कुनै विकल्प नरहेको उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.