Websoft University

मेयर र उपमेयरको बजेट अलग अलग नगरसभामा पेस गरेपछि बिवाद चुलियो


काठमाण्डौ असार ११ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिकाका  मेयर र उपमेयरको बजेट अलग अलग नगरसभामा पेस गरेपछि बिवाद चुलियो। हिजो बोलाइएको नगरसभा हुन सकेन । नगरको कुल बजेटमा नै बिवाद भएपछि असार १० गते भित्र नगरसभामा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक ब्यवस्थाको समेत मेचीनगर नगरपालिकाले उल्लघंन गरेको छ । 

वडा कार्यालयमा पठाउने बजेट र कार्यापालिका सदस्यहरुलाई बजेट सहितको योजनाका बारेमा नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीबिच सहमति हुन नसकेपछि नगरपालिकाको बजेटसभा नै अन्योलमा परेको हो । हिजो दिउँसो १ बजेका लागि बोलाइएको नगरसभाका लागि सबै सदस्यहरु नगरपालिकाको सभाहलमा भेला भएका थिए । 

तर प्रमुख आचार्य र उपप्रमुख उप्रेती अलग अलग बजेट बनाएर अडानका साथ बसेपछि नगरसभा शुरु नै हुन सकेन । उपप्रमुख सहित नेकपा समर्थित जनप्रतिनिधिहरु वडा कार्यालयलाई एक करोड ५० लाख  र कार्यपालिका सदस्यहरुले २५ लाखका दरले योजना छनौट गर्ने सहितको बजेट तयार गरेर सोही बजेट नगर सभामा प्रस्तुत गर्ने पक्षमा हुनुहुन्थ्यो । 

तर नगरप्रमुख आचार्य नगरपालिकाको आम्दानीले धान्न नसक्ने बजेट बनाउन नहुने पक्षमा हुनुहुन्थ्यो । नगरप्रमुख आचार्यले वडा कार्यालयलाई एक करोड र कार्यपालिका सदस्यहरुका लागि योजना छनौट गर्न एक करोडको कोष स्थापना गर्ने बजेट सभामा पेश हुनुपर्ने अडानमा हुनुहुन्थ्यो । नगरप्रमुख र उपप्रमुख बिच हिजो राती ८ बजेसम्म पनि बजेटको बिषयमा सहमति जुट्न नसकेपछि मेचीनगरको छैठौं नगरसभा  हुन नसकेको हो । आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि मेचीनगरको सामाजिक सुरक्षा भत्तासहित कुल बजेट एक अर्ब ६० करोड हुने नगरप्रमुखको दाबी छ भने उपप्रमुख सहित नेकपा समर्थित प्रतिनिधिहरुले नगरको बजेट एक अर्ब ६७ करोड हुने गरी योजना प्रस्तुत गरेका छन् । 

१५ वटा वडा तथा २५ सदस्यीय कार्यपालिका रहेको मेचीनगरमा प्रमुख सहित ७ जना वडा अध्यक्ष गरी ८ जना नेपाली काँग्रेसका र उपप्रमुख सहित १७ जना नेकपाका सदस्यहरु रहेका छन् । रेडियो साथी इाापाबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.