Websoft University

यार्सा संकलन गर्ने क्रम सुरु



काठमाण्डौ असार ७ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश लम्बिएसँगै स्थानीय तहले यस वर्ष यार्सा टिप्न रोक लगाएका छन् । संकलकहरु भने लुकिछिपी यार्सा संकलन गर्न हिमाली पाटन सम्म पुग्न थालेका छन् । 

बझाङ सहित देशका अघिकांस हिमाली जिल्लाका स्थानीयहरु आम्दानीको प्रमुख स्रोत मानीएको यार्सागुम्बा संकलन गर्न हिमाली पाटनमा पुग्थे । तर, यस वर्ष भने स्थानीय तहले यार्सा संकलनमा प्रतिवन्ध लगाएछि लुकिछिपी संकलन गर्ने गरिएको छ । बझाङ साइपालका बिर्ख बोहरा खेर जाने यार्सा आफूहरुले सङ्कलन गर्न पाउनुपर्ने बताउनुहुन्छ ।

 सरकारले बन्दाबन्दीलाई केहि खुकुलो बनाएसँगै यार्सा संकलन खोल्न दबाब पनि स्थानीयले दिइरहेका छन् । यार्सा संकलन रोकिदा जिल्लाको अर्थतन्त्र चौपट हुनका साथै स्थानीयको जीविकाको आधार खोसीने चिन्ता
छ । सुर्माका धौली बोहरा कित सरकारले राहत दिनुपर्ने होइन भने यार्सा सङ्कलन गर्न दिनुपर्ने बताउनुहुन्छ ।
  लुकिछिपी पाटन उक्लीनेहरुलाई वन कार्यालयले नियन्त्रणमा लिन थालेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा संकलकलाई पक्राउ गरि कारवाहि गर्न थालिएको हो । सुुुुुुुुुुुुुुुुुुर्मा गाउँपालीकाका अध्यक्ष नर बहादुर बोहरा यार्सा संकलन गर्न हिड्नेहरुलाइ नियन्त्रण गर्ने कोशिश भने गरिएको बताउँनुहुन्छ । यार्सा टिप्न यस वर्ष प्रतिबन्ध लगाइएको भए पनि लुकीछीपी स्थानीयहरु हिमालतर्फ जान छोडेका छैनन । यार्सा संकलनको अनुमति दिन माग गर्दै बझाङ उद्योग बाणिज्य संघले पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.