Websoft University

छुट्टाछुट्टै स्थानमा ट्याक्टर दुर्घटना हुदा दुई बालिकाको मृत्यु


भोजपुर, उदयपुर, जेष्ठ-३० गते । रातो तारा डट कम,भोजपुर रामप्रसादराई  गाउँपालिका-५ बस्ने १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । 

हिजो अपरान्ह ५ बजे रामप्रसादराई गाउँपालिका-५ स्थित भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा सोही ट्याक्टरमा रहेकी बालिका पुष्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुलाई थप उपचारको लागी बिराटनगर तर्फ ल्याउदै गरेको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर चालक भोजपुर आमचोक बस्ने ३५ बर्षीय मान बहादुर श्रेष्ठ नियन्त्रणमा रहेका छन । 

यसै गरी उदयपुर उदयपुरगढी-६ बस्ने ९ बर्षीया बिबिषा पाण्डेको ट्याक्टर दुर्घटनाबाटै मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे उदयपुरगढी-७ बाघखोर स्थितमा को स १ त ५१०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्टरमा रहेकी बालिका बिबिषाको घटनास्थलमै मृत्यु भएको जिलल्ला प्रहरी कार्यालय उदयपुरले  जनाएको छ । 

ट्याक्टर चालक बिदुर पाण्डे नियन्त्रणमा रहेको  र मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.