Websoft University

यूएईबाट १ सय ४८ आउँदै–साउदीबाट १ सय ५५ नेपाली फर्किए


काठमाण्डौ असार ५ गते । रातो तारा डट कम, संयुक्त अरब इमिरेट्स (युएई) बाट १ सय ४८ जना नेपाली आज स्वदेश फर्किँदैछन् । फर्कनेहरूमा अधिकांश महिला छन् भने  विमानमा एक जना नेपालीको शवसमेत रहेको यूएईस्थिति नेपाली दूतावासका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो । 

नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत उनीहरू नेपाल आउन लागेका हुन् । नेपालीहरू चढेको विमान बिहान साढे १० बजे त्रिभुवन अन्तर्राािष्ट्रय विमानस्थलमा अवतरण गर्नेछ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई आज नेपाल पठाइएको हो । स्वदेश फर्किएकाहरूमा आबुधाबीबाट ४२ जना छन् । 

युएईका विभिन्न राज्यमा रहेका नेपालीहरूलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले पनि उडान गर्ने दूतावासले जनाएको छ । 

आजै कुवेतबाट पनि करिब १ सय ५० को हाराहारीमा नेपालीहरू फर्कँदैछन् । उनीहरूलाई कुवेत सरकारले नै काठमाडौँसम्म पु¥याउँदैछ । कुवेतबाट आउने जहाज बिहान साढे ११ बजे काठमाडौँ अवतरण गर्नेछ । 

हिमालय एयरलाइन्सले पनि आज माल्दिभ्सबाट नेपालीहरूलाई स्वदेश ल्याउँदैछ भने साउदीको दमामबाट १ सय ५५ नेपाली बिहान काठमाडौँ आइपुगेका छन् । उनीहरूलाई लिएर बिहान पौने ६ बजे हिमालय एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गरेको हो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.