Websoft University

प्रदेश १ का सामुदायिक विद्यालयका शिक्षकहरु प्रविधिमा सवल बन्दै


विराटनगर, ८ असार । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरु प्रविधिमा सवल बन्दै गएको बताउनु भएको छ । शिक्षकहरुले सामुदायिक विद्यालय प्रतिको हेराईलाई जवाफ दिएको उहाँले बताउनुभयो ।  

सामुदायिक विद्यालय भन्ने वित्तिकै अंगे्रजी र प्रविधिमा कमजोर हुन्छन् भन्ने बुझाईलाई शिक्षकहरुले दर्विलो जवाफ दिएको मन्त्री घिमिरेको भनाई छ । प्रदेश १ का शिक्षकहरुको अनलाईन परियोजना प्रस्तुती कार्यक्रममा आज मन्त्री घिमिरेको सो कुरा बताउनु भएको हो । 

उहाँले लकडाउनको अवधिमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो । मन्त्री घिमिरेले उत्कृष्ट प्रस्तुतीलाई सम्मान गरिने पनि बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर बृद्धिमा सूचना प्रविधि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

उहाँले लकडाउनको अवधिमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्धिमुलक काम भएको बताउनुभयो । इक्वालिटी फाउण्डेसन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधिमैत्री विद्यालय निर्माणमा प्रदेश १ सरकारले शुरु गरेको कार्यको प्रशंसा गर्नुभयो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुरु गरेको कार्यको संघीय शिक्षामन्त्री पनि प्रशंसा गरेको आफुले पाएको उहाँले बताउनुभयो । 

२ महिनाको अवधिमा शिक्षकहरुले सूचना प्रविधिको क्षेत्रमा ठुलो उपलब्धि हाँसिल गरेको कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि अनलाईन शिक्षक तालिम सञ्चालन गरेको थियो । 

परियोजना कार्यप्रस्तुती कार्यक्रममा ४ सय बढीको सहभागिता रहेको थियो । प्रदेश १ का विभिन्न विद्यालयका शिक्षकहरुले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका विषयको प्रस्तुती प्रस्तुत गरेका थिए । तालिममा सहभागी शिक्षकमध्ये ५० प्रतिशत बढीले परियोजना कार्य गर्न सक्ने भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.