Websoft University

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने


 काठमाण्डौ बैशाख २४ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच आज बिहान भएको छलफलपछि बैठकको समय र स्थान तय भएको हो । भोलिको स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बाहिरिनुभएको छ । बालुवाटारमा बसेको बैठकमा एक व्यक्ति एक पदका विषयमा चर्काचर्की भएपछि प्रधानमन्त्री ओली बाहिरिएको एक नेताले बताए । ओली बाहिरिए पनि बैठक भने जारी नै रहेको उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.