Websoft University

उदयपुरमा लकडाउन खुकुलो बनाउने निर्णय


श्याम राई-गाईघाट वैशाष २९ गते । रातो तारा डट कम,स्थानिय प्रहरी प्रसासनको असहमती को बाबजुद पनि स्थानीय जनप्रतिनिधिहरुले उदयपुरमा लकडाउन खुकुलो बनाउने निर्णय गरेका छन । आईतबार जिल्ला समन्वय समितिका प्रमुख खड्ग बहादुर परियार को अधक्ष्यतामा  बसेको बैठक ले लकडाउन खुकुलोे बनाउने निर्णय  गरेको हो । 

सबै राजनैतिक दलका प्रतिनिधि, स्थानिय तहका जनप्रतिनिधि, प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी ,सुरक्षानिकायका प्रमुख र संचारकर्मिको उपस्थीतिमा बसेको बैठक ले नागरीक को आर्थिक सामाजिक जीबन लाई सहज बनाउन को लागी लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो  । लकडाउनको कारण स्थानिय तह बाट राहात बाड्न कठिनाई भएको भन्दै केही जनप्रतिनिधिले बैठकमा लकडाउन खुकुलो तुल्याउनु पर्ने धारणा राखेका थिए । 

बैठकमा उपस्थीत प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र संचारकर्मि हरु ले पहिल्यैको मोडलमा भएको लकडाउन लाई केहि समय निरन्तरता दिनु पर्ने धारणा राखेका थिए । उनिहरुले कोरोना संक्रण को जोखिम अझै रहेको ले जिल्ला बासिमा संभावित दुर्घटना बाट बचाउन लकडाउन कुनै पनि अबस्थामा खुकुलो बनाउन नहुने भन्दै असहमती जनाएका थिए । 

अन्तत जनप्रतिनिधि हरु को हठ को कारण सोमबार देखि लमडाउन खुकुलो बनाउने निर्णय भएको नेपालपत्रकार महासंघ उदयपुरका सभापती भरत खड्का ले बताए । भुल्के क्षेत्र अहिले पनि कोरोना संक्रमण को उच्च जोखीम मा रहेको छ ।शनीबार मात्र थप ४ जनामा संक्रमण पुष्टी भएको छ । उनले भने अहिले लकडाउन खुकुलो गर्न हतारीनु हुदैनथ्यो। अझ केहि समयको लागी निरन्तरता दिनु पर्ने थियो उनले भने । 

उनले उदयपुर लाई खुला गर्दा कोरोना संक्रमण अझ बड्न सक्ने चिन्ता ब्यक्त गरे । प्रमुख जिल्ला अधिकारी दिपक पहाडी ले संक्रमण को जोखिम बढिरहेको  अबस्थामा लकडाउन खुकुलो पार्न नहुने बताए । उनले पहिलेकै अबस्थामा लकडाउन को निरन्तरता दिनु पर्ने बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरकाप्रमुख विर बहादुर बुढा मगरले  लकडाउनको बेला प्रंहरी परिचालन गरेर कडाई गर्दा समेत मानिसको हिडडुल र भिडभाड नरोकीएको अबस्थामा अहिले लकडाउन खुकुलो गर्दा झनै समस्या हुने बताए। 

उनले अझै कोरोना संक्रमण को त्रास हटीनसकेको अबस्थामा अझै केहि समय सम्म यस लाई निरन्नतरता दिनु पर्ने बताए ।उदयपुरमा अहिले सम्म सबै भन्दा बढि ३२ जना कोरोना संक्रमित भेटिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.