Websoft University

प्रदेश २ बाट प्रदेश १ प्रवेश गर्ने प्रमुख दुईवटा नाकामा २४ घण्टे चेकजाँज सुरु


विराटनगर चैत २८ गते । रातो तारा डट कम,प्रदेश २ बाट प्रदेश १ आउने सवारी साधन तथा व्यक्तिहरुलाई पूर्णरुपमा रोक लागेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम न्यूनिकरणका लागि प्रदेश २ बाट प्रदेश १ प्रवेश गर्ने प्रमुख दुईवटा नाकामा २४ घण्टे चेकजाँज सुरु गरिएको जनाइएको छ ।

जसको लागी कोशी व्यारेज तथा सुनसरीकै चतरा पुल र उदयपुरको रामपुर ठोक्शिलामा समेत चेक पोष्ट राखेर २४ सै घण्टा चेकिङको व्यवस्था मिलाइएको प्रदेश १ प्रहरी कार्यालयले आज जारी प्रेस नोटमा उल्लेख छ ।

प्रहरीले कोरोना संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमनलाई नियन्त्रण, लकडाउनको समयमा हुनसक्ने अपराधिक कार्य, चोकी निकासी गर्नलाई नियन्त्रण गर्न झापा, मोरङ र सुनसरी जिल्लाका सीमाना इलाकाहरुमा सिनियर प्रहरी अधिकृतसहितको थप टोली परिचालन गर्ने बताएको छ ।

प्रदेश १ प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत तथा प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले झापा, मोरङ र सुनसरी जिल्लाका सिमाना ईलाकाहरुलाई विभिन्न सेक्टरमा विभाजन गरी सिनियर प्रहरी अधिकृतलाई थप जनशक्ति सहित खटाईएको बताए ।

तिम्सिनाका अनुसार सिमावर्ती क्षेत्र बोर्डर लक गर्नका लागी अस्थायी प्रहरी पोष्ट थप गरी झापा जिल्लाको लागी १ सय ३५ जना, मोरङ जिल्लाको लागी ८० जना र सुनसरी जिल्लाको लागी १ ससय १२ जना थप जनशक्ति खटाइएको छ ।
प्रदेश सरकार अन्तरगत रहेका २ सय २४ वटा क्वारेन्टाइनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरीले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.