Websoft University

सिन्धुपाल्चोकमा ३ हजार ६ सय नागरिकले घरमै पाए स्वास्थ्य सेवा


काठमाण्डौ बैशाख १५ गते । रातो तारा डट कम,त्रिपूरासुन्दरी गाउँपालिका–३ मा सञ्चालन भएको घर घरमा स्वास्थ्यकर्मी अभियान अन्तर्गत ३ हजार ६ सय नागरिकले घरमै स्वास्थ्य सेवा प्राप्त गरेका छन् । ४ दिनसम्म सञ्चालन भएको अभियानमा वडाभरका नागरिकहरुको स्वास्थ्य जाँच गरिनुको साथै प्रयेक घरमा दुईथान डिटोल साबुन र प्रत्येक व्यक्तिलाई मास्क वितरण गरिएको अभियानमा संलग्न स्वास्थ्थकर्मी रामप्रकाश यादवले जानकारी दिनुभयो । टोल टोलमा पुगेर वडाका दीर्घरोगीहरुको विवरण संकलन पनि गरिएको छ । नियमित रुपमा औषधी सेवन गरिरहेकाहरुको विवरण संकलन गरि उनीहरुलाई आवस्यक औषधी प्रदान गरिएको वडाअध्यक्ष सुकदेव रिसालले बताउनुभयो । स्वास्थ्यकर्मीसहित स्यंमसेवक दस्ता बनाएर स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.