Websoft University

पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताललाई मेडिकल सेफ्टी बुथ र कोरोना टेस्टिङ्ग बुथ उपलब्ध


शिव भट्टराई,मोरङ बैशाख १० गते । रातो तारा डट कम,कोरोना भाइरसको संक्रमण विश्व व्यापी रुपमा फैलिरहेको समयमा स्वास्थ्यकर्मी तथा अस्पतालमा आउने मानिसहरुलाई स्वास्थ्य सुरक्षाका पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालाई सेफ्टी बुथ र कोरोना टेस्टिगं बुथ उपलव्ध गराइएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको सहयोग र टिम नेपोको तथा ओसो देब भुमी ध्यान केन्द्रको संयोजकत्वमा मेडिकल सेफ्टी बुथ र कोरोना टेस्टिङ्ग बुथ पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताललाई उपलव्ध गराइएको हो ।

स्वास्थ्यकर्मीहरुका लागि पिपिई प्रयाप्त मात्रामा नभईरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका दृष्टिकोणले सो बुथ उपयुक्त हुने विश्वास सहित हस्तान्तरण गरिएको टिम नेपोका प्रदेश १ का संयोजक इन्जिनियर सुरज ढकालले वताए ।

शिक्षण अस्पताललाई उपलव्ध गराईएको टेष्टिगं बुथमा चौबीसै घण्टा काम गर्न सकियोस भनेर बाहिर भित्र बिधुतको सुबिधा, कुलर, माईक्रोफोन र चेक अपका लागी प्रयोग हुने समाग्री ब्यब्स्थापन गर्न सकिने रहेको तथा उक्त बुथलाई बेस्ट डिजाईनको रुपमा लिएको ढकालले जानकारी दिए ।
मेडिकल बुथ प्राप्त गरेको शिक्षण अस्पतालका निर्देशक डा. बिपेश अचार्यले टिम नेपो र सुन्दरहरैंचा नगरपालिकालाई स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुरक्षा सामाग्री प्रदान गरेकोमा धन्यवाद दिए ।

स्वास्थ्यकर्मीहरु जोखिम मोलेर नै माक्स र सेनिटाईजरकै भरमा काम गरीरहेका छन भने पिपिई ,माक्स अहिलेको अबस्थामा प्रयाप्त मात्रामा पुगेको देखिदैन । सुन्दरहरैंचा नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर चापागाईंले त्यसका निम्ति नगरपालिकाको तर्फबाट प्रदेश साथै संघ संस्था लगायत सहयोगीहरुसँग स्वास्थ्य सामाग्री जुटाउने प्रयत्न गरिरहेको जानकारी दिए ।

त्यसैगरी बिश्वबिधालयकै शिक्षण अस्पतालमा इन्जिनियर एसोसिएसन सुन्दरहरैंचाले खुट्टाले चलाएर हात धुन मिल्ने समाग्री एक थान बितरण गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.