Websoft University

सुन्दरहरैंचा नगरपालिकाले भोलि शनिबार देखि राहत वितरण गर्ने


शिव भट्टराई,मोरङ चैत २१ गते । रातो तारा डट कम, विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको अवस्था छ । यति बेला दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्नेहरुको दैनिक गुजारामा बज्रपात नै भएको छ । यस्ता वर्गलाई मध्यनजर गर्दै सरकारले तत्काल घोषणा गर्नु पर्ने राहतको प्याकेज अझै घोषणा गर्न सकेको छैन । 

त्यसै गरि इन्द्रपुर जेसिजले ७ सय केजी चामल, इटहरी उधोग बाणिज्य संघका अध्यक्ष भिम पौडेलले ५० बोरा नुन , पुर्वाञ्चल क्रसर उधोगका संचालक सारदा ढकालले १ हजार ७ सय ५० केजी चामल, ७० केजी दाल, ३५ लिटर खाने तेल, नेकपा सुन्दरहरैंचाले २ हजार ५ सय केजी चामल बिपत ब्यबस्थापन समितिका संयोजक तथा सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाललाई हस्तान्तरण  गरेका छन्। त्यसै गरि आशा नेपाल, सुन्दरहरैंचा  परिवारका अध्यक्ष अनुरोध साह र पारिजात युवा समुहका अध्यक्ष शुमन तिम्सिनाले संयुक्त रुपमा ७ सय ५० केजी नुन सहयोग गरेका छन्।  
  
त्यसैगरी हातेमालो बहूद्धेश्यिय सहकारी संस्था, इन्द्रपुर साना शहरी खानेपानी आयोजना, लुमन्ती आवासले १ /१ लाख गरि जम्मा ३ लाख राहत कोषको लागि सहयोग गरेका छन्। 

सुन्दरहरैंचा नगरपालिकाले सबै वडाबाट लागत संकलन गरिसकेको छ भने भोलि शनिबारदेखि वडा कार्यालय मार्फत  राहत बितरण गर्ने सुन्दरहरैंचाका मेयर शिव प्रसाद ढकालले बताउनुभयो।  देश नै समस्या परेको हुँदा बजार, उधोग  बन्द भएको कारण सहजरुपले सामाग्री उपलब्ध हुन नसकेको  अवस्था छ।  बितरण प्रणालीलाई ब्यबस्थित ढंगले अगाढी बढाउँका लागि राहत वितरणमा ढिलो भएको बताउनु भयो। 

कोरोनाको आशंका गरिएका बिरामीको लागि क्वारेन्टाइनमा बस्नेको हकमा  खाना तथा सम्पूर्ण खर्च नगरपालिका गर्ने छ, भने अर्को ठाउँ रिफर गर्नु पर्ने भएमा नगरपालिका गर्ने मेयर ढकालले बताउनु भयो ।  कोरोना संक्रमण हुने आशंका गरिएको संभावित क्षेत्रमा जस्तै भिडभाड  हुने, हात बजार, चौक, फोहर हुने ठाउँमा न्युनिकरणको लागि सेनिटाइजर छर्किने काम भएको छ। 

नगरको १२ वटै  वडामा लामखुट्टे मार्न किटनाशक औषधि बेलुका ५ बजे देखि ११ बजे सम्म प्रत्येक वडामा  २  दिनको दरले  तालिका अनुसार छर्किने काम भईरहेको छ भने सोको लागि समबन्धित  वडाको वडा अध्यक्ष तथा जनप्रतिनिधिको पहलमा काम हुने जानकारी दिनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.