Websoft University

१० वटै स्थानीय तहमा खाद्यान्न हस्तान्तरण


काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम,सल्यानमा नेकपाका तीन नेताले जिल्लाका दश वटै स्थानीयलाई खाद्यन्न हस्तान्तरण गरेका छन् ।   कर्णाली प्रदेश साँसद तथा नेकपा केन्द्रिय सदस्य  गुलाब जंग शाह, नेकपा जिल्ला कमिटी सदस्य  प्रमोद श्रेष्ठ र मनोज कुमार प्रधानले सल्यानका १० वटै स्थानीय तहलाई  खाद्यन्न प्रदान गरेका हुन । दश वटै तहका लागि  २ सय बोरी (५० क्विन्टल) चामल, २ सय प्याकेट नुन र २ सय लिटर तेल राहत स्वरुप नगर तथा गाउपालिकामा हस्तान्तरण गरिएको छ । तत्कालीन अवस्थामा दिएको र आवश्यक परेमा अझै राहत दिने र सबैलाई स्थानीय तहहरुलाइ सम्मान तरिकाले खाद्यान्न सामाग्री वितरण गरिने र अहिले मिलहरुले सोचेअनुसार सामाग्री दिन नसकेको प्रमोद श्रेष्ठले बताउनु भयो  । राहत नगरपालिका र वडा बाट विपत व्यवस्थापन समितिको निर्णय गरेर आएका असाहय, अपाङ्ग, र दैनिक मजदुरी गरेर खाने वर्गहरुलाइ एक द्धार प्रणाली बाट दिइने बनगाड कुपिण्डे नगरपालीकाका नगर प्रमुख गाबिन्द पुनले बताउनु भयो  ।
  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.