Websoft University

मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने


काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम,उदयपुर र पर्साका मस्जिदमा बसेका मुस्लिम समुदायका नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि राष्ट्रिय मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने भएको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीका अनुसार यस विषयमा थप छलफलका लागि सबै राजनीतिक दल आबद्ध मुस्लिम सङ्गठनका नेता, नेपालका जमाती प्रमुख, मुस्लिम सांसद र अगुवाको बैठक बोलाइएको छ । आयोगको कार्यालयमा अहिले बैठक बसिरहेको छ । विदेशी जमातीका कारण नेपालका मुस्लिम समुदायलाई मधेशका कतिपय ठाउँमा अप्ठेरो पर्न थालेपछि बैठक राखिएको अन्सारीले  बताउनुभयो । नेपालमा आएर बसेका जमातीलाई सम्बन्धित देशसँग कुरा गरेर सरकारले पठाउनुपर्ने अन्सारीको भनाइ छ । सीआइएन

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.