Websoft University

भुकम्पमा क्षतीग्रस्त भएका ८० प्रतिशत विद्यालयहरु पुननिर्माण सम्पन्न


काठमाण्डौ फागुन २९ गते । रातो तारा डट कम, सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ । चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट ४ हजार १ सय ४ जना परीक्षार्थीहरु सहभागी हुदैछन् । परीक्षार्थी मध्ये १ हजार ८ सय ३४ छात्र र २ हजार २ सय ६७ छात्र छन् ।  
भुकम्पपछि अस्थाई सिकाइ केन्द्रमा नै एसईई परीक्षा सञ्चालन हुने गरेको भएपनि सबै विद्यालयहरु पुननिर्माण सम्पन्न भएपछि यो वर्ष भने परीक्षार्थीहरु सुविधा सम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउँने भएका छन् । भुकम्पमा क्षतीग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालयहरु पुननिर्माण सम्पन्न भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाईले एसईई परीक्षाको लागि २३ परीक्षाकेन्द्र निर्धारण गरेको छ । सम्बन्धीत परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक र संस्थागत गरी यो वर्ष १ सय ४९ विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले जानकारी दिनुभयो । 

सामुदायिक १ सय ३६ र संस्थागत १३ विद्यालयहरु रहेका छन् । एसईई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तीका समेत लगिसकेको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायत अन्य सुरक्षा निकायहरुसँग समन्वय गरेर परीक्षाकेन्द्रमा सुरक्षाकर्मी समेत खटाएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

परीक्षाकेन्द्र रहेका सबै विद्यालयहरु सुविधासम्पन्न रुपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) का प्रमुख यमबहादुर खडकाले जानकारी दिनुभयो । परीक्षाकेन्द्र कायम भएका सबै विद्यालयहरु निर्माण सम्पन्न भएका छन् । 

यो वर्ष परीक्षार्थीहरुलाई कुनै असहज नहुने प्रमुख खड्काको भनाइ छ । भुकम्पपछि चार वर्षको एसईई परीक्षा अस्थाई सिकाइ केन्द्रमा नै सञ्चालन भएको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.