Websoft University

फागुन २८ गते देखि इटहरीमा रोयल बिर्यानी हाउस सञ्चालन हुने


शिव भट्टराई सुनसरी  इटहरी फागुन  २६ गते । रातो तारा डट कम,प्रदेश एकको प्रमुख ब्यापारिक केन्द्रको पहिचान बनाइसकेको इटहरीमा पछिल्लो समय ठुलो लगानीका होटलहरू स्थापना भइ सञ्चालन हुने क्रम बढदो छ । यसैबिच इटहरीमा बिर्यानीको पारखिहरूमाझ बिभिन्न परिकारका स्वादहरू पस्कने उद्येश्यकासाथ अर्को बिर्यानी हाउस सञ्चालनको तयारी थालिएको छ ।

कोशि राजमार्ग अन्तरगत धरान इटहरी सडक खण्डको हलगडामा करीब ३ करोडको लागतमा रोयल होटल प्राली तथा रोयल बिर्यानी सञ्चालनमा ल्याउने तयारी थालिएकोहो ।

आगामि फागुन २८ गते इटहरीका सफल व्यवसायी गोरखा डिर्पार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले संयुक्त उदघाटन पछि सो होटल सञ्चालनमा आउने भएको हो ।

इटहरीका ३ युवा व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालन हुने उक्त होटलमा बिर्यानीका बिभिन्न प्रकारहरूको स्वाद रहने साथै अन्य होटलहरूमा पाइने सेवा सुविधाहरू पनि उपलब्ध गराइने छ ।

इटहरीमा पहिलो पटक १५६ वटा मसालाहरूको मिसावटबाट बनाइएको बिभिन्न प्रकारको बिर्यानीको स्वाद चखाउन रोयल होटल तथा बिर्यानी हाउस सञ्चालनमा ल्याइएको होटलका सञ्चालक होम प्रसाद दहालले बताए ।

मुस्लिम , पहाडे र मधेसी समुदायको संयुक्त मिलन तथा भाइचाराको समबन्ध दर्साएर समाजमा गतिलो उदहारण देखाउदै तिनै समुदायको संयुक्त लगानीमा सो होटल सञ्चालनमा ल्याइएको हो । होटलका सञ्चालकहरूमा पहाडे समुदायबाट होम प्रशाद दहाल , मधेसी समुदायबाट महेस कुमार यादव र मुस्लिम समुदायबाट समिम सिद्धकि रहेका
छन ।

आन्तरिक तथा बाहिय पर्यटकहरूलाइ लक्षित गरी पर्यटकहरूकै सेवालाइ बिशेष प्राथमिकतामा राखेर काम गरिने सञ्चालकहरूले प्रतिवद्धता जनाएका छन । साथै उक्त होटल सञ्चालन भएको दिन देखि त्यहा आउने सेवाग्राहिहरूलाइ आगामि १५ दिन सम्म १५ प्रतिशत छुटको ब्यवस्था पनि प्रदान गरिने सञ्चालकहरूले बताएका छन ।

शान्त बातावरण,शुद्ध सामग्रिहरूबाट तयार पारिएका स्वादिस्ट भोजन , पारिवारिक वातावरणमा मनोरम दृस्यहरू अवलोकन गर्दै सेल्फिको मज्जा लिन सकिने उक्त होटलले अहिले एक दर्जन बढी नेपाली र भारतीयहरूलाइ रोजगारी प्रहाद गर्दै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.