Websoft University

कटुवा पेस्तोल सहित ३ भारतिय नागरिक पक्राउ


मोरङ , फाल्गुन-३० गते । रातो तारा डट कम,मोरङ सुनवर्षी-८ हर्चनगढी स्थितबाट ३ भारतिय नागरिक हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारत बस्ने २१ बर्षीय अजय कुमार मण्डल, १८ बर्षीय आन्नद कुमार मण्डल र २१ बर्षीय राकेश कुमार साह रहेका छन । 

हिजो राती सावाँ ८ बजे हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनिहरुलाई १ थान कटुवा पेस्तोल,१ राउण्ड गोली र उनिहरुले प्रयोग गरेको १ थान १५० सि.सि.को  ON-TEST पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.