Websoft University

प्रधानमन्त्री ओली आज अस्पतालबाट घर फर्कने


काठमाण्डौ फागुन ३० गते । रातो तारा डट कम,त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज घर फर्कनुहुने भएको छ । यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएका ओलीको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएकोथियो । प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्य लाभपछि घर पठाउन लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले बताउनुभयो । प्रधानमन्त्री ओलीलाई घर पठाइए पनि आराम गर्न र रुघाखोकी तथा सङ्क्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिइएको खड्काले जानकारी दिनुभयो । उहाँलाई भन्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दिनुभएको थियो भने सङ्ग्रौला हिजो अस्पतालबाट डिस्चार्ज भइसक्नुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.