Websoft University

लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ


झापा, फाल्गुन २८ गते । रातो तारा डट कम, झापाको मेचीनगर नगरपालिका-६ मेची डाँडाबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ का २६ बर्षीय कृष्ण दाश दर्जीलाई १६ ग्राम नियन्त्रीत लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरेको हो । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका दर्जीलाई चेकजाँच गर्ने क्रममा दर्जीले लगाएको पाईन्टको गोजीमा रुमालमा पोको पारेर राखेको अबस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दर्जीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.