Websoft University

निःशुल्क स्वास्थ्य परिक्षण र माक्स बितरण सुरु


फायल फोटो,
काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,कोरोना भाइरसबाट आफ्ना नागरिकहरुलाइ बचाउनको लागि हेलम्बु गाउँपालिकाले शुक्रबारदेखि आफ्नो सिमा क्षेत्र हुँदै प्रेबेस गर्नेहरुलाइ निःशुल्क स्वास्थ्य परिक्षण तथा माक्स बितरण कार्यक्रम सुरु गरेकोछ  विश्वलाइनै चुनौतिको रुपमा रहेको कोरोना आतंक यतिबेला नेपालमा पनि बड्दो छ । सरकारले कोरोना भाइसरबाट बच्न सबैलाइ सतर्कता अपनाउँन भनेपछि स्थानिय सरकारहरुले पनि तेस्को अनुसरण गर्न थालेकाछन् ।सिन्धुपाल्चोकको १२ स्थानिय तह मध्ये हेलम्बु गाउँपालिकाले पहिलो पटक सिमाक्षेत्रमा स्वास्थ्य परिक्षणको सुरुवात गरेको हो । बिशेष गरि काठमाडौंबाट गाउँ फर्कने नागरिकको स्वास्थ्यलाइ ध्यानमा राखेर परिक्षण सुरु गरिएको हेलम्बु श्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिनुभयो । परिक्षणको क्रममा ज्वरो रुघाखोकि देखिएमा तेस्ता बिरामिहरुलाइ घरमै बसेर उपचार गर्नकोलागि सुझाव दिनुका साथै सरसफाइमा ध्यान दिन अनुरोध गर्ने श्वास्थ्य शाखा प्रमुख सिग्देल बताउँछन् । यदि संक्रमित देखिएमा वा संक्रमितहरुको संख्या पढेमा पालिकाभित्र उनिहरुलाइ राख्ने ब्यवस्थाभने पालिकाको नभएको उहाँले बताउनुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.