Websoft University

भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न


विराटनगर । रातो तारा डट कम, उद्योग संगठन मोरङले प्रदेश १ को मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भई आएका प्रमुख सचिव दिनेश भट्टराईको सम्मानमा भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
प्रमुख सचिव भट्टराईको स्वागत गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले जागिरे जीवनको क्रममा विराटनगरको वसाईको सुखद हुने विश्वास व्यक्त गर्दै प्रदेश १ को समृद्धिमा उहाँको कार्यकालमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । अध्यक्ष घिमिरेले कोरोना भाईरसको त्रासले उद्योग÷व्यवसाय क्षेत्रको अवस्था जटिल हुदै गएकाले सरकार र नीजि क्षेत्र सम्वेदनशिल हुदै व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
अध्यक्ष घिमिरेले वर्तमान जटिल समयमा विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धि गर्न लागेको तर्फ ध्यान आकृष्ट गराउदै यस जटिल अवस्थालाई ध्यानमा राखी सर्वसाधारणमा आर्थिक भार पर्ने गरी विद्युत महशुल वृद्धि नगर्न संघिय सरकार समक्ष प्रदेश सरकारले पहल गर्न अनुरोध गरे ।
प्रदेश १ का प्रमुख सचिव भट्टराईले आफु प्रदेशमा सरुवा भई आउनु पूर्व उद्योग मन्त्रालयमा कार्यरत रहेको हुँदा उद्योगका समस्याबाट आफु अवगत रहेको वताए । उनले उद्योगी÷व्यवसायीको विज्ञतालाई प्रयोग गर्दै ऐन, कानुनले तोकेको परिधिलाई ध्यानमा राखी यस क्षेत्रको समस्याहरु समाधान गर्दे जाने बताए ।
प्रमुख सचिव भट्टराईले कोरोना भाईरसको नियन्त्रणमा प्रदेश सरकार सम्वेदनशिल रहेको वताउदै नीजि क्षेत्रलाई पनि सम्वेदनशिल हुन अनुरोध गर्नु गर्दै प्रदेशको विकासका लागि प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव मुकुन्द निरौलाले आफुपनि प्रदेश १ कै वासिन्दा भएकाले यस क्ष्ँेत्रका उद्योग÷व्यवसायको समस्याबाट अवगत भएको वताउदै समाधानका लागि सहयोग पु¥याउने वताए ।
संगठनका पूर्व अध्यक्ष अशोक मुरारका एवं उपाध्यक्ष राकेश सुरानाले प्रस्तावित विद्युत महशुल कार्यान्वयन भएमा विद्युत महशुल अत्यन्त महंगो हुन गई उद्योग÷व्यवसाय क्षेत्रको प्रतिष्पर्धात्मक क्षमतामा नै ह्रास आउने भएकाले वर्तमान समयमलाई ध्यानमा राखी यसमा पूर्नविचार गर्न प्रदेश सरकारले संघिय सरकार समक्ष पहल गर्नु पर्नेमा जोड दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.