Websoft University

एकनाथ ढकाल यतिबेला मित्र राष्ट्र भारतको भ्रमणमा


काठमाडौ फागुन २५ गते । रातो तारा डट कम,दिल्लीमा उच्च स्तरीय भेटवार्तामा ब्यस्त अध्यक्ष ढकाल अध्यक्ष ढकाले दिल्लीका मुख्यमन्त्री केजरीवाल र भाजपाका महामन्त्री राम माधवसँग भेट फागुन २५ नयाँ दिल्ली । पछिल्लो समय सत्तापक्ष तथा प्रतिपक्षका नेताहरुसँग भेटवार्तालाई तिब्र बनाएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल यतिबेला मित्र राष्ट्र भारतको भ्रमणमा छन् ।

भारतको सतारुढ दल भाजपा काग्रेस आई लगायतका दलसँग राम्रो सम्बन्ध बनाएका पूर्वमन्त्री ढकालले भारतमा रहदाँ पनि उच्च तहको राजनीतिक भेट घाटमा ब्यस्त रहेका छन् । शनिबार अध्यक्ष ढकालले भारतीय जनता पार्टीका राष्ट्रिय महामन्त्री राम माधवसँग भेट गरेका छन् । भेटमा नेपाल भारत सम्बन्धका बिबिध बिषय तथा क्षेत्रीय साझेदारीको बारेमा छलफल भएको  परिवार दलको भारत प्रतिनिधि कृष्ण अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार भेटमा अध्यक्ष ढकालले मित्र राष्ट्र भारत संग नेपालको सम्बन्ध अन्य कुनैपनि देश संग अतुलनिय रहेको बताउदै नेपालको बिकासमा सहयोग गर्न आग्रह गरको बताए । प्रतिउत्तरमा  भाजपा का महामन्त्री राम माधवले नेपाललाई सदा सर्बदा भारतको साथ् सहयोग रहने बताउनु भएको भेटमा सहभागी परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले जानकारी दिए । भेटमा भारतीय जनता पार्टीका नेता भुवनेश्वर कलिताको पनि सहभागिता रहेको थियो ।  

यस्तै अध्यक्ष ढकालले दिल्लीका मुख्यमन्त्रि अरविन्द केजरीवाललाई आईतबार भेटेका छन् ।  भेटमा आपसी हित र मित्रता विस्तारको बारेमा कुरा भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए  । अध्यक्ष ढकालले मुख्य मन्त्रीमा निबाचित हुनुभएकोमा बधाई दिदै मुख्यमन्त्रि केजरिवालले पहलकदमी लिनु भएको विकास र शुशाशनको नमुना सबैको लागि उत्प्रेरित रहेको बताए ।

ढकालले केजरीवालको अनुभब आदान प्रदान र मित्रताको लागि उपयुक्त समयमा नेपालको भ्रमण गर्न आग्रह गरे । प्रतिउत्तरमा नेता केजरीवालले नेपाल अत्यन्त घनिष्ट छिमेकी मित्रराष्ट्र भन्दै भ्रमणको इच्छा ब्यक्त्त गरेका थिए । क्ढकाल भारतमा रहदाँ भारतीय कंग्रेस आईका नेता भाजपाका नेता तथा भारत सरकारका उच्च पदाधिकारीलाई समेत भेटने कार्यक्रम रहेको दलका प्रबत्ता पौडेलले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.