Websoft University

‘हाम्रो नेपाल सुशासन अभियान’ घोषणा


काठमाण्डौ फागुन ३० गते । रातो तारा डट कम,नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गर्नुभएको छ । अभियान सञ्चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तर्दथ कार्यकारी परिषद् पनि गठन गरिएको छ । कार्यकारी परिषद्मा पूर्व कायममुकायम रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन् । अभियान सञ्चालनका लागि विभिन्न कार्यक्रमको पनि घोषणा भएको छ । यसका लागि भ्रष्टचार अन्त्यका लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रम गर्ने, सुशानको लागि दबाबमूलक नागरिक कार्यक्रम गर्ने, निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सदाचार र इमानदारिताको कदर गर्न दबाबमूलक कार्यक्रम गर्ने, नेपाल र नेपालिको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थापनमा सुधार तथा संशोधनका लागि केन्द्रित भई छलफल गरी साझा धारणा बनाउने लगाउने रहेको छ । अभियानले प्रभाव र प्रलोभनमा गर्ने गराइने धर्म परिवर्तनमा रोक, राजनीतिक अपराधीकरणको अन्त्य लगायतका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.