Websoft University

घरेलु मदिरा सेवनका गर्दा १४ मृत्यु


काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम,धनुषादमा घरेलु मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा हिजो राति र आज विहान गरी तीन जनाको मृत्यु भको छ । 

यसअघि क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा ११ जनाको मृत्यु भएको थियो । हिजो राति मृत्यु हुनेहरुमा बनारसी सदा र मिथिला सदा छन् । आज विहान झगरु सदाको मृत्यु भएको छ । उनिहरु सबैको उमेर ५० वर्ष हाराहारी रहेको स्थानीय किशोर साहले जानकारी दिनुभयो । उनीहरु झाडापखालाका बिरामीसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ । 

यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर २ रमदैयामा गत बिहीबार र शुक्रबार आठ जनाको विशाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएको थियो । एक जना भेन्टिलेटरमा उपचारत छन् भने अन्य पाँच जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार उनीहरुले महोत्तरीको सितापुर भंगाहामा उत्पादित घरेलु मदिरा सेवन गरेको पाइएको छ । 

त्यसैले त्यहाँका सात जनालाई अन्तर जिल्ला समन्वय गरी पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.