Websoft University

लागू औषधको कारोबारमा संलग्न तीन जनालाई प्रहरीले गर्यो पक्राउ


श्याम राई -उदयपुर-गाईघाट  फागुन ६ गते । रातो तारा डट कम,प्रहरीले लागू औषधको कारोबारमा संलग्न तिन जनालाई सोमबार राती पक्राऊ गरेको छ । उदयपुरको बेलटार नगरपालिका–९ स्थित आकाश तिमिल्सिनाको घरबाट लागू औषध सहित तिन जनालाई पक्राउ गरेको हो ।

पक्राऊ पर्नेमा तिमिल्सिना सहित स्थानीय ३२ वर्षिय विकास बस्नेत र धरान उप–महानगरपालिका–१३ का ३८ वर्षिय प्रणय निरौला रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डाईजोल्याब–३ एम्पुल, लेजेसिक ४ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी १०० एम एलको २ बोटल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाजा ३०० ग्राम, नगद १५ हजार र मिनी ल्यापटप १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी.विर वहादुर बुढामगरले बताए ।

पक्राउ परेका निजहरु लागू औषध कारोबारमा संलग्न कारोवारी रहेको  खुल्न आएको छ ।

                                                            


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.