Websoft University

स्वास्थ्य मन्त्रालयले जिम्मेवारी हेरफेर गरिदियो


काठमाण्डौ फागुन ९ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललले मन्त्रालयका विभिन्न महत्वपूर्ण महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गर्नुभएको छ । मन्त्री ढकाललले मन्त्रालयको महत्वपूर्ण मानिने पद स्वास्थ्य सेवा विभागको महानिर्देशकमा हालका प्रवक्ता महेन्द्र श्रेष्ठलाई निमित्त महानिर्देशको जिम्मेवारी दिइएको छ भने उहाँको हालको अन्तराष्ट्रिय समन्वयन महाशाखामा डा विकास देवकोटालाई सरुवा गरिएको छ भने हाल डा देवकोटा रहेको नीति, योजना तथा अनुगमन महाशाखामा डा गुणराज लोहोनीलाई जिम्मेवारी दिइएको छ । टेकु अस्पतालको निर्देशकमा डा सागरराज भण्डारी नियुक्त गर्नुभएको छ भने हालका टेकुका निर्देशक डा बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । राष्ट्रिय ट्रमाको मेडिकल सुपरिटेण्डेन्टमा डा सन्तोस पौडेलको सरुवा भएको छ भने कान्तिबाल अस्पतालको निर्देशकमा डा कृष्ण पौडेललाई नियुक्त गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.