Websoft University

सुन्दरहरैचा ७ गछियामा भ्वाइस लाईभ कन्सर्ट २०२० सम्पन्न।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा नगरपालिका वार्ड नं ७ गछियामा सुन्दर हरैचा एकता युवा क्लबद्वारा आयोजित भ्वाइस लाईभ कन्सर्ट २०२० सम्पन्न भएको छ। सोमबार साँझ ६ बजे देखि गछिया स्थित साजीलाल स्कूलको खेल मैदानमा भएको मनोरञ्जनात्मक कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिव ढकालले लागु औषध दुर्व्यसन विरुद्ध  उत्प्रेरणा जगाउन साथै अन्य सामाजिक जनचेतनामुलक कार्यक्रम गर्ने यस्ता क्लबहरुलाई आफ्नु साथै नगरको तर्फबाट साथ र सहयोग रहने बताएका थिए।

उक्त कार्यक्रममा सुन्दर हरैचा एकता युवा क्लबका अध्यक्ष सुमन राई याख्खाको सभापतित्व रहेको थियो।
"Say no to drugs, yes to youth" भन्ने विश्वव्यापी अभियानलाई आत्मसाथ गर्दै यस सुन्दर हरैचा एकता युवा क्लबले "लागु औषध दुर्व्यसनको अन्त्य हाम्रो गन्तव्य" भन्ने मुल नाराका साथ सम्पूर्ण लागु औषधमा फसेकाहरुलाई एवम् सुन्दर हरैचाका प्रत्यक युवा युवतीहरुलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा सुन्दर दुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्की, वार्ड नं ३ का वडाध्यक्ष जीवन ढुंगाना लगायतले बोलेका थिए भने सोही क्लबका सचिव डम्मर थापा मगरले स्वागत मन्तव्य राखेका थिए।


त्यस्तै कन्सर्टका लागि युवाहरुको आकर्षणको केन्द्र चर्चित नेपाली रियालिटी सो भ्वाईस नेपाल सिजन २ का उत्कृष्ट ५ जना प्रतिस्पर्धीहरुले जोडदार प्रस्तुति दिएका थिए भने सो कार्यक्रमको सञ्चालन सोही क्लबका   सहसचिव निश्चल घिमिरेले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.