Websoft University

गणितमा ऐच्छिक बिषय पाठ्यक्रम बाट नहटाइएको दावी



काठमाण्डौ फागुन ७ गते । रातो तारा डट कम,पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र १० मा ऐच्छिक गणित विषय नहटाएको दावी गरेको छ । शैक्षिक सत्र २०७७ देखि ऐच्छिक गणित हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि केन्द्रले माध्यमिक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा नौ र १० मा ऐच्छिक गणित विषय गत शैक्षिक सत्र २०७५ देखि नै लागू गरिसकिएको प्रष्ट पारेको हो । केन्द्रले हालै जारी गरेको एक सूचनामा कक्षा नौ र १० का लागि विभिन्न ऐच्छिक विषय उल्लेख गरे पनि ऐच्छिक गणित समावेश थिएन । केन्द्रले गत पुस नौ गते निकालेको सूचनामा कक्षा नौ मा ११ ऐच्छिक विषय र कक्षा १० मा नौ वटा ऐच्छिक विषय समावेश गरेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.