Websoft University

इटहरीमा रहेको डिभिएम स्कूलले वृहद विज्ञान प्रदर्शनी गर्दै मनायो सातौं वार्षिकोत्सव


शिव भट्टराई सुनसरी । रातो तारा डट कम,सुनसरीको इटहरीमा रहेको डिभिएम  स्कूलले सातौं वार्षिकोत्सव साथै अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले वृहद विज्ञान प्रर्दशनी गरेका छन्।

हालका विकसित मुलुकहरुसंगै तुलनागरि वनाइएका भौतिक पुर्वाधारयुक्त सहर देखि लिएर परम्परागत जीवन शैलीमा अपनाइने सामाग्रीहरुसमेत समेटेर राखिएको र प्रर्दशनीको विद्यार्थीहरूका अभिभावकहरुले अवलोकन गरेका थिए भने सो कार्यक्रमको उद्घाटन गर्ने क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी इटहरीका सामाजिक व्यक्तित्व साथै जनता बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष विश्व प्रसाद रिजालले शिक्षालाई वैज्ञानिक, व्यावहारिक साथै रोजगारमूलक बनाउनु पर्नेमा जोड दिएका थिए।

विद्यार्थीहरुले पाठ्यक्रमको प्रयोगात्मक क्रियाकलापकासाथै अन्य विषयवस्तुहरुलाई समेत समेटेर  शैक्षिक तथा विज्ञान प्रर्दसनीमा राखेका थिए। विद्यार्थीहरुले राखेका प्रर्दसनीमा ड्रोन ,धुवाँ तान्ने मेसिन,लगायतका विभिन्न विज्ञानका सामाग्रीहरु समेत रहेका थिए भने घरायसी प्रयोगमा आउने डोको,नाम्लो , ठेकी , मही पार्ने भाडाहरु समेत राखिएकाथिए ।

कार्यक्रममा सोही विद्यालयका अध्यक्ष ध्रुव कुमार शुब्बाको सभापतित्व रहेको थियो भने कार्यक्रम सोही विद्यालयका शिक्षक बाल चन्द्र नेपालले सञ्चालन गरेका थिए। त्यसैगरी विद्यार्थीहरुको प्रर्दसनी हेर्न उल्लेखियसंख्यामा अभिभावकहरुको सहभागिता रहेको विद्यालयका प्रधानध्यापक बेनु सिटौलाले जानकारी  दिएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.