Websoft University

आर्मी क्लब ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुग्यो


काठमाण्डौ माघ २८ गते । रातो तारा डट कम,विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३ ० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । जितसँगै आर्मीले उपाधि होड बलियो बनाएको छ ।  शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अंक जोडेको
छ । दोस्रो स्थानको मछिन्द्रको २८ अंक रहेको छ । पराजित ब्रिगेड ८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।  आर्मी र मछिन्द्रबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ३ गते हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.