Websoft University

डेरी अनुगमन गर्दा दुग्धजन्य वस्तुको व्यापार मापदण्ड विपरित पाइयो


काठमाण्डौ पुस २१ गते । रातो तारा डट कम रौतहटमा दुग्धजन्य वस्तुको व्यापार सरकारी मापदण्ड अनुसार नभएको पाईएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा भएको डेरी अनुगमनका क्रममा  मापदण्ड अनुसार सञ्चालन नभएको पाईएको हो । पशु सेवा केन्द्र चन्द्रपुर, चन्द्रपुर नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चले अनुगमन गरेको हो ।

मापदण्ड विपरीत जथाभावि दुग्धजन्य वस्तु व्यापार गरेको पाईएकोे पशु सेवा केन्द्र चन्द्रपुरका प्रमुख खडक मैनालीले बताउनुभयो ।  रौतहट दुध डेरी संघ गठन भएको भएपनि जिल्ला प्रशासन कार्यालय लगायतका स्थानमा दर्ता नभएको ,दुग्धजन्य पदार्थको गुणस्तर सन्तोषनजक नरहेको, किसान र व्यापारी बिच समन्वयनै नगरी दुधको मूल्य निर्धारण भएको पाईएको छ ।

अनुगमनका क्रममा अधिकांस दुधडेरी सम्बन्धीत निकायमा दर्ता नै नगरी संचालनमा रहेको, डेरीको साईन बोर्ड समेत नरहेको, लेवलमा खुलाउनु पर्ने कुराहरु समेत स्पष्ट नहरेको पाईएको चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले बताउनुभयो । 

अनुगमनका क्रममा व्यापारीबाट भएका गल्तीलाई एक पटकका लागि सुधार्ने मौका दिएको र अर्को पटक अनुगनका क्रममा गल्ती भेटेमा कार्वाहिको चेतावनी दिएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका सचिव टिका घिमिरेले बताउनुभयो । स्थानीय सरकार तथा केन्द्र सरकारले दुग्धजन्य वस्तु विक्रेताले आफ्नो लोगो, मूल्य सुची र म्याद सहितको स्टिकर टासेर मात्र दुग्धजन्य वस्तुको विक्रि वितरण पांउने व्यवस्था गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.