Websoft University

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज र भोलिकाहरु खेल स्थगित गरेकोछ


काठमाण्डौ पुस १९ गते । रातो तारा डट कम,सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज र भोलि तय भएको खेलहरु स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब मौसमको कारण देखाउदै भोलि र पर्सीका खेलहरु स्थगित गरेको हो । लिगको पाँचौं चरण अन्तर्गत भोलि साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब तथा एनआरटी र जावलाखेलबीच खेल हुने तय थियो । यस्तै पर्सी हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच खेल हुने तय भएको थियो । अब लिगको पाँचौ चरणका खेलहरु सोमबारबाट सुरु हुनेछ । पाँचौ चरणको सबै खेल दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.