Websoft University

वामीटक्सारमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने


  
काठमाण्डौ माघ ४ गते । रातो तारा डट कम,गूल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारमा जिल्लामा अहिले सम्मकै सर्वाधिक राशी पुरस्कार सहितको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 
गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंले आयोजना गर्न लागेको मुसिकोट महोत्सवको अवसरमा यही माघ १५ गतेदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको सघंका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिने र उपविजेतालाई १ लाख १ हजार कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने पनि उहाँले बताउनुभयो । 

खुल्ला प्रतियोगीता भएकाले खेलमा जुनसुकै स्थानका पुरुष खेलाडीले सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.