Websoft University

पौष २८ गते एक दिवसीय ‘महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम’ संचालन हुने


  बिराटनगर, पौष २४ गते । रातो तारा डट कम, नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेश एज प्रा.लि.को सम्झौता अनुरुप मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा मोरङ र सुनसरी जिल्लाका महिला उद्यमीलाई लक्षित गरी आयोजना गर्न लागेको ‘महिला उद्यम सम्बन्धी अन्तरकृया कार्यक्रम’ बारे जानकारी गराउन मोरंग व्यापार संघको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेको छ । 

पत्रकार सम्मेलनमा मोरंग व्यापार संघको महिला उद्यम विकास समितिकी संयोजक श्रीमती मल्लिका रिजालज्यू र उद्योग संगठन मोरंगकी महिला उद्यम समितिका संयोजक श्रीमती सन्तोष जैनज्यूले मोरङ र सुनसरी जिल्लाका महिला उद्यमीहरु समेट्ने गरी आगामी २०७६ पौष २८ गते सोमबारका दिन मोरंग व्यापार संघको सभाकक्षमा एक दिवसीय ‘महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम’ संचालन गरिने जानकारी गराउनु भई तिनका उद्देश्यहरु बारे बताउनु भएको थियो ।

व्यवसायिक क्षेत्रमा महिलाहरुको पनि सक्रिय सहभागिता नितान्त आवश्यक रहेकोमा त्यस किसिमका जानकारीमूलक तालिम दिलाई व्यवसायिक क्षेत्रमा पनि महिलाहरुको सशक्तिकरण गराउने, लाभान्वित गराउने एवम् व्यवसायकालागि प्रोत्साहन गर्ने कार्यमा आफुहरु सदा प्रयासरत रहँदै आएको जनाउनु हुँदै संघ–संगठनका दुवै संयोजकज्यूहरुले उक्त तालिम कायक्रममा यस क्षेत्रका बढी भन्दा बढी महिला उद्यमीहरुलाई सहभागी गराई तालिम कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सञ्चार माध्यमको अहम भूमिका रहने हुँदा संचारकर्मी मित्रहरुको भरपुर साथ र सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो ।

सम्मेलनमा मोरंग व्यापार संघका का.वा.अध्यक्ष श्री नविन रिजालज्यू, उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरेज्यू, संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, संघको महिला उद्यम विकास समिति र संगठनको महिला उद्यम समितिका संयोजकज्यूहरु, दुबै संघ संगठनका पदाधिकारी एवम् कार्यसमितिज्यूहरु, संघ–संगठनका महिला उद्यम समिति सदस्यज्यूहरु एवं संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.