Websoft University

सरकारले अखाद्य बस्तु विक्रि, वितरण भएको उजुरी आउने वित्तिकै कारवाही गर्ने


काठण्डौ माघ २ गते । रातो तारा डट कम,सरकारले अखाद्य बस्तु विक्रि, वितरण भएको उजुरी आउने वित्तिकै कारवाही गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै पनि उपभोक्ताले वस्तु खरिद गर्ने क्रममा अखाद्य वस्तु विक्रि भइरहेको पाए तत्काल उजुरी गर्न अनुरोध गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागले उजुरीकर्ताको नाम गोप्य राखेर आएका उजुरीलाई तत्काल सुनुवाई गर्ने व्यवस्था गरेको भन्दै हरेक स्थानीय तहले पनि यो व्यवस्था गर्नुपर्ने सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार विभागले कन्जुमर एप नामको एप नै निर्माण गरी उजुरी लिने काम गरिरहेको छ ।

साथै पैसा नलाग्ने फोन नम्बर ११३७ मार्फत् पनि उजुरी लिने र तत्काल सुनुवाइ गर्ने अभ्यास गरिरहेको सुवेदीले बताउनुभयो । कन्जुमर हेल्प डेस्क सञ्चालन गरेर पनि उपभोक्ताको उजुरी लिने काम भइरहेको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो।

उपभोक्ताले पनि आफूले सामान खरिद गर्दा मूल्य सूची, लेबल, म्यादका विषयमा प्रश्न गर्ने बानी बसाल्न विभागले अनुरोध गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.