श्याम राई÷उदयपुर गाईघाट, माघ २ गते । रातो तारा डट कम,क्षमता भन्दा बढी कैदी बन्दी रहेको कारण जिल्ला कारागार उदयपुर अस्तव्यस्त बनेको छ । कैदी बन्दी राख्नको लागी कारागार हाताभित्र रहेको १० वटा कोठामा कोचाम कोच गरी राख्दा समेत नअटेर कैदी बन्दी कोठाको हिँड्ने प्यासेजमा समेत सुत्नु परेको छ । जेल प्रशासनले कोठामा नअटेको कारण कैदी बन्दीलाई भुँईको प्यासेजमा राख्नु परेको जनाएको छ । कैदी बन्दीको लागी साना ठूला गरी १० ओटा कोठा रहेकोमा कैदी बन्दीको अत्याधिक चापले अपुग भएको जेलर कुमार खड्काले बताए ।
“अहिले ३० जना अट्ने कोठामा ५० जना सम्म राख्नु परेको छ । जाडो महिना भएकोले सुत्नलाई केही असहज भए पनि खासै समस्या छैन ।’ जेलर खड्काले भने, ‘ तर गर्मी महिनामा भने ठूलो समस्या हुन्छ । अहिले क्षमता भन्दा चौवर कैदी बन्दि रहेको कारण जेल प्रशासनलाई टाउको दुखाई बनेको उनले बताए ।
उनले जेलमा नयाँ भवन बनाएर कैदी बन्दिको लागि थप कोठाको व्यवस्था नगरे समस्या यथावत रही रहने बताए । गृह, प्रशासन, केन्द्रिय कारागार लगायतका निकायमा समस्या अवगत गराई सकेको तर अहिले सम्म कुनै सुनुवाई नभएको उनले बताए ।
‘ हामीले सबै समस्या माथिल्लो निकायमा लिखित तथा मौखिक रुपमा अवगत गराई सकेका छौ तर अहिले सम्म समाधान हुन सकेको छैन ।’ जेलर खड्काले भने । ३८ बर्ष अघि निर्माण भएको जेलको भौतिक अवस्था समेत काम नलाग्ने भएको छ । सुरक्षाकर्मी बस्ने कोठा जिर्ण हुदा कुनै पनि बेला भवन भत्किन सक्ने खतरा छ । तर सुरक्षाकर्मीहरु बाध्यता बस बस्नु परेको छ । १२ जना कर्मचारीको लागि ३ वटा कोठाले काम चलाउनु परेको जेलर खड्काले बताए ।‘ कर्मचारीको लागि समेत बस्ने कोठा अपुग रहेको छ । कोठामा नअटेर कर्मचारी बाहिर बसेर काम गर्नु परेको छ ।’ उनले भने ।
कारागारको बाहिर कम्पाउण्ड नहुदा स्थानीयले कारागारको जग्गा समेत अतिक्रमण गरेको उनले बताए । सामान्य तारले घेराबन्दी गरिएको जेलको बाहिरी संरचनामा तत्काल ईटा लगाएर पर्खाल लगाउनु पर्ने उनले बताए ।
जिल्ला कारागार उदयपुरमा ५० जना कैदी बन्दी राख्ने क्षमता भएपनि अहिले २०३ जना कैदी बन्दी राखिएको छ । कारागारमा १५ महिला, ७ बालबालिका र १८ जना पुरुष रहेको कारागार प्रशासनले जनाएको छ ।
कैदी बन्दी क्षमता भन्दा बढी रहकै कारण कारागार प्रशासनले केहीलाई सरुवा गर्ने तयारी गरेको छ ।‘ अहिले त जेनतेन मिलाएर राखौला तर गर्मी महिनामा निकै समस्या हुने भएकोले कैदी बन्दी सरुवा गर्न लागिएको जेलर खड्काले बताए ।
Post a Comment