Websoft University

देशभर चिसो बढ्यो


काठमाण्डौ पुस १९ गते । रातो तारा डट कम,हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी तराईका भूभागमा आंशिक बदली रहनेछ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्नेछ । साथै पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको मध्य तथा पूर्वी क्षेत्र लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ ।  मौसम बदलीसँगै हल्कादेखि मध्यम हिमपातको संभावना रहि चिसो रहने हुनाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.