Websoft University

तथ्यांक बिभाग - कृषि गणना २०७८, बिषयक सरोकार वालाहरु संग प्रदेश स्तरिय छलफल तथा अन्तरक्रिय कार्याक्रम बिराटनगरमा सम्पन्न


काठमाण्डौ पुस २२ गते । रातो तारा डट कम,नेपाल सरकारको राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्यांक बिभाग कृषि गणना २०७८, बिषयक सरोकार वालाहरु संग प्रदेश स्तरिय छलफल तथा अन्तरक्रिय कार्याक्रमको आयोजना भएको थियो ।

कार्याक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्वर १ का प्रदेश योजना आयोगका माननीय सुबोध राज प्याकुरेल अव हुने कृषि गणनाले सबै क्षेत्रलाई समेटेर गणना हुने बताउनु भयो । यहा  धेरै कुरा उल्लेख भइसकेकाले वन कृषिमा अर्गानिक तरकारी खेती, पसुपालन माछा पालन समेतका कुरा अन्तरक्रियामा आइसकेकाले कृषिमा आधारित सबै समेटिने गरि गणना हुनु पर्ने बताउनु भयो ।

तथ्यांक बिभाग केन्द्रिय कार्यालय काठमाण्डौका निर्देशक महेश कुमार सुवेदीले कार्यक्रमलाई सम्वोधन गर्नु हुदै,धेरै कुरा पुरानै ढाचालाई यथावत राखि केहि कुरालाई मात्र नयाँ रुपमा समावेश गरिएको र जनगणना भएको ६ महिना पछि मात्र कृषि गणना गर्न सुरु हुने बताउनु भयो ।

पसुपन्छि तथा मच्छे बिकास केन्द्रका महानिर्देशक डा लेखराज दाहालले राम्रा कुराहरुलाई समेटेर नयाँ कुरा थप गरि कृषि गणना गरिने बताउनु हुदै बिषादी को रंग मात्र उल्लेख गर्नु भन्दा पनि छेउमा त्यसको नाम लेख्नु उचितरहने बताउनु भयो ।

१ नम्वर प्रदेश वन उधोग पर्याटन बातावरण मन्त्रालयका सचिव संन्जिप कुमार राईले आफनो मन्त्रालयका अन्तरग पर्ने कृषि वन र जडीबुटीका बारेमा जानकारी मुलक कुराहरु राख्नु भएको थियो ।

तथ्यांक बिभाग केन्द्रिय कार्यालय काठमाण्डौका निर्देशक महेश कुमार सुवेदीको अध्यक्षतामा भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.