Websoft University

पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुदै,


धरान । रातो तारा डट कम, मंशिर २५ बुधबार धरानस्थित धरान सभागृहमा प्रदेश न १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुदैछ । रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको  स्टेट वान सिङ्गिङ्ग आइडलमा विभिन्न चरणको अडिशन तथा निर्णायकहरुको बिभिन्न चरण पार गर्दै  फिनालेको लागि नौ जना प्रतियोगीहरु भिड्दैछन् ।

भोजपुरको सुदेश राई, झापाकी जस्मिन बराल सुनसरीकी प्रिया लामा, उदयपुरकी शोभा तामांग, पाँचथरको डेबिट लिम्बु, धनकुटाकी शान्ता लिम्बु,धनकुटाको हिमाल मगर,सुनसरीकी शोभा कुलुङ्ग र झापाको समिर मोते लगायतको नौ प्रतिस्प्रधीहरुले फिनालेमा देखाउने आफ्नो गायन प्रस्तुतिबाट पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको छिनोफानो हुनेछ ।

बरिष्ट गायक दीप श्रेष्ठ  प्रमुख निर्णायक रहने स्टेट वान सिङ्गिङ्ग आइडलको अन्य निर्णायकहरुमा दक्षिण कोरियामा एक समय कोरियन गीतहरु गाएर नाम कमाउनु भएका तथा हाल एनआरएन कोरियाका सल्लाहकार रहनुभएको गंगाराज राई र संगीतकार , गायक तथा प्राज्ञ रामकुमार राजधामी रहनुभएकोछ । स्टेट वान सिङ्गिङ्ग आइडलको बिजेताले भेस्पा स्कुटी , दोस्रोले ७० हजार र तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.