Websoft University

१३ औं दक्षिण एसियाली खेलकुदमा आज पुरुष तर्फको फुटबलमा नेपालको दोस्रो जित

  
काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम, १३ औं दक्षिण एसियाली खेलकुद,साग अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेकोछ । आज भएको खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको  हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १ – ० को अग्रता दिलाउनुभएको थियो । तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा फर्काउनुभयो । 

त्यसपछि खेलमा ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २– १ को जित दिलाउनुभयो  । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ । 

नेपालले ३ खेलमा ७ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.